२०७७/ ३/ २३/ मङ्गलवार

 

जनवरी अन्तिम साता टीभीएसले ल्याउँदै नयाँ बाइक

प्रकाशित मिति: २०७६/ ९/ ९/ बुधवार

 
Not found
टीभीएसले भारतीय मिडियालाई २०२० जनवरी अन्तिम साताको लागि इन्भिटेसन पठाए पश्चात भारतीय मिडियमा नयाँ चर्चा हुन थालेको छ । कम्पनीले नयाँ मोडल ल्याउन लागेको विषयले चर्चा बटुलीरहेको छ । 
टीभीएसले जनवरी २०२० को अन्तिम साताको लागि भारतीय मिडियालाई के को लागि बोलाइएको भनेर स्पष्ट भने पारेको छैन । विभिन्न अटो पत्रिकाहरुमा आएको समाचार अनुसार टीभीएसले आफ्नो पहिलो क्रुजर बाइक सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । २०१८ को दिल्ली अटोशोमा देखाइएको टीभीएसको क्रुजर बाइक कम्पनीले अर्को महिना सार्वजनिक गर्ने अनुमान धेरैले गरेका छन् ।
जेप्लीन क्रुजर बाइकमा २२० सीसी, सिंगल सिलिन्डर इन्जिन दिइएको छ ।यसले ८५०० आरपीएममा २४ विएचपी पावर ७००० आपीएममा १८.५ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यस मोटरसाइकलमा २० लिटर फ्यूल ट्यांक क्षमता रहने छ भने, टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ । यसले ४४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
बाइकमा एलइडी हेडल्याम्प, कम्याक्ट इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ जसमा एनालग काउन्टर र डिजिटल रिडआउट राखिएको छ । जेप्लीनमा स्प्लिट सीटसँगै फल्याट ह्यान्डबार, क्यामेराजस्ता फिचर रहने छ ।
यसमा दिइएको हेडलाईट तथा टेललाईट दुबै एलइडी रहेको छ । सुरक्षाको लागि एबिएस तथा  अगाडि र पछाडिको दुबै चक्कामा डिस ब्रेक दिईएको छ । अगाडि नयाँ जेनरेसनको टेलिस्कोपिक सस्पेन्सन र पछाडिपट्टी मोनोसक सस्पेन्सन दिइएको छ ।
यसको मुल्य १ लाख २० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Facebook Comment