२०७७/ ३/ २७/ शनिवार

 

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर

प्रकाशित मिति: २०७६/ ९/ १६/ बुधवार

१६ पुस, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।
तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ ।
किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।

यसमा तपाइको मत

Facebook Comment