२०७७/ ३/ २३/ मङ्गलवार

 

विद्यालयका कथा व्यथा

प्रकाशित मिति: २०७६/ १०/ १०/ शुक्रवार

घटना नं. १
पेट दुख्यो ऐया ! पेट दुख्यो ऐया ! म त मर्नै लागे !
ऐया ऐया भनेर एउटा ६–७ वर्षको केटो कक्षाकोठामा चिच्याउँछ दौडेर गयो बोकेर कार्यालयमा ल्यायो । त्यो केटोलाई सोध्यो कहाँ कहाँ दुख्छ ? ऊ रुदै भन्छ मेरो पेट दुख्यो भन्दै मुटुनिर हातले देखाउँछ । विद्यालयका शिक्षक शिक्षिकाहरू अत्तालिन्छन् । लौन यसलाई छिटो अस्पताल लैजानु प¥यो । केटो रुन कम गर्छ । त्यसै बेलामा प्रधानाध्यापकले केटोलाई सोध्दा बाबु हिजो तिमीले के खायौ ? आज विहान के खाएर आयौ भन्दा उसको जवाफ सुन्दा हामी छक्क प¥यौं । ३ दिन भयो सर चिया र चिउरा खाएर आएको । बेला बेलामा ऊ छट्पटिन्छ । हतार गर्दै एक जना शिक्षकलाई साथ लगाएर नजिकैको अस्पताल लग्यो त्यहाँ जाँच पड्ताल हुदै जान्छ । एक्सरे सलायन पानी पेनकिलरको इन्जेक्सन हालेर दिसा पिसाब जाँचमा पठाएर त्यसको रिर्पोट नआउँदै केटो अलि सञ्चो जस्तो देखिन्छ । डाक्टर साबले सबै रिर्पोट आएर हेर्दा केहीँ छैन ग्याष्ट्रिक हो भनेर फर्काई दिनुहुन्छ । आर्थिक अवस्थाका कारण चिउरा र चिया खाएर विद्यालय आउन बाध्यता छ । त्यसको खर्च अब कसले व्यहोर्ने ।
घटना नं. २
सर यसले मेरो खाजा खाईदियो ? किन यसको खाजा खाएको भनेर सोध्दा मलाई खाजा नै दिनुभएन ममीले ! भोक लाग्यो खाएँ सर ! मलाई नपिटनु ल । म भोलिदेखि खाजा ल्याउँछु ।
घटना नं. ३
सर आज मेरो गृहकार्य छैन । मलाई नपिट्नु है !
म भोलि कापी किनेर ल्याएपछि गृहकार्य एकै पल्ट देखाउछु ! सबै जसो शिक्षक छक्क पर्नुहुन्छ ! २०–३० रूपैयाको कापी किन्न नसकेर एउटा केटाले गृहकार्य बुझाउन सक्दैन । एक दुई विषयबाहेक सबैलाई त्यस्तै जवाफ दिएको रहेछ । अनि बोलाएर सोध्यो बाबु किन गृहकार्य नगरेको भन्दा उसले आँखा भरि आँसु टलपल टलपल गर्दै म घरमा काम गर्नबसेको साहुजीले कापी किन्देनन् त्यसैले हो सर ! यसको जवाफ के दिने ? शिक्षकले ? प्रधानाध्यापकले ?
घटना नं. ४
“सर मलाई घर जानै मन लाग्दैन” । कता टाढा टाढा भागौँ जस्तो लाग्छ । एउटा विद्यार्थी अरण्यरोदनका साथ आफ्नो भावना शिक्षक मार्फत व्यक्त गर्छ । अनि उसलाई सोध्यो किन र बाबु ? सर मेरो आमा मरेको १ वर्ष भयो बाबुले अर्की आमा ल्याए उनको २ जना छोराछोरी छन् । तिनलाई कस्तो माया गर्छिन मलाई त पिट्छिन ! काम मात्रै लाउछिन् त्यसैले सर ! मेरो आमा हुँदा मलाई कस्तो माया गर्नुहुन्थ्यो । खाजा खान पैसा दिनुहुन्थ्यो अहिलेको आमाले त केही पनि दिनुहुन्न । अर्को आमाको छोरा छोरी त बोर्डिङ्गमा पढ्छन् । पैसा पनि लैजान्छन् खाजा पनि ! मलाई त थोरै दिन्छन् दिउँसो कस्तो भोक लाग्छ ! त्यसै हो सर !
घटना नं. ५
सर ! मेरो बाबु मर्नुभएकोले आमाले धेरै पैसा कमाउन सक्नुहुन्न, आर्थिक अवस्था कमजोर छ, कोठा भाडा खान, बस्न, पैसा लाग्छ अब गाउँ जाने सर । अब म पढ्न पाउँदिन सर । छिटै घर जान्छौँ । मलाई असाध्यै पढ्न मन लाग्छ २ वर्ष पढेपछि एसईई दिएर नर्स बन्ने कत्रो इच्छा थियो सर भन्दै सुक्क सुक्क रुँदै आफ्नो कथा बताइरहिन । शिक्षक किंकर्तव्यविमुख भई सुनिरहन्छन् ? जवाफ केही छैन ? के जवाफ दिनु । कक्षामा पढाइमा अब्बल थिईन । त्यो सम्झनेबाहेक अरु के गर्नसक्नु ! विचरा शिक्षकले !
घटना नं. ६
सर घरमा सधँै झगडा परिरहन्छ । म पढ्नै सक्दिन बाबु रक्सी खाएर मातेर आएपछि नानाभाती भनेर निहुँ खोज्नुहुन्छ र आमाबाबुको झगडा पर्छ त्यसैले म घरमा बसेर पढ्न सक्दिन । म के गरौँ फेरि हाम्रो भाडाको एउटा मात्रै कोठा छ । त्यही खाने बस्ने र सुत्ने पढ्ने त्यही एउटा मात्र कोठा छ । त्यसैले घरमा मेरो पढ्ने वातावरण नै छैन । मलाई बरु सानोतिनो काम गरेर पढ्ने घर खोजी दिनुस् न सर !
घटना नं. ७
आमा घरमा नआएको ४–५ दिन भैसक्यो सर ! घरमा खाने चामल दाल, तेल तरकारी केही छैन । बाबुले अर्को आमा बिहे गरेर कता बस्नुहुन्छ । केही थाहा छैन । मलाई त घरमा एक्लै बस्न पनि डर लाग्छ । बल्लो पल्लो कोठाका मान्छेले कस्तो नराम्रो आँखाले हेर्छन । मलाई किन किन स्कुलबाट घर जान प¥यो भने डर लाग्छ सर । आमाको फोन पनि स्विच अफ मात्र भन्छ ! म त के गराँै के गरौँ हुन्छ । आफ्नो गाउँको घर जाऊँ भने पनि घर देखेको छैन । आमा कहाँ गएको हो कहिले आउने केही थाहा छैन सर ।
घटना नं. ८
सर ! आज मेरो आमालाई बाबुले निकै पिटे । अनि आमाले कहिले पनि आउदिन भनेर कता गइन कता अब म के गरौँ । मलाई टेन्सन भएको छ सर ।
घटना नं. ९
सर मेरो स्कुल ड्रेस छैन । साहुजीलाई किन्दिनु भन्दा भोलि भोलि मात्र भन्नुहुन्छ । त्यसैले मलाई नपिट्नु ल ! केही नगर्नु ल ! म दशैमा घर गएर आएपछि स्कुल डे«स हाल्छु । दशैंमा टीका लगाएर धेरै पैसा हुन्छ नि !
घटना नं. १०
आमा त काम गर्न गएकै ठाउँको मान्छेसँग बिहे गरेर भागिन रे सर ! आमा घर नआएको १० दिन भैसक्यो । बाबु र म मिलेर सबै काम गरेका छौँ । सर घरमा काम गर्ने आमा नभएर गृहकार्य गर्न सक्दिन । सर पछि सबै गरेर देखाउँछु ल !
घटना नं. ११
सर आमा बिहान साग तरकारी बेच्नुहुन्छ । बेलुका मकै पोलेर बेच्नुहुन्छ । मैले उनलाई अलि सघाउछु । म पसलमा बसेर गृहकार्य गर्दै पढ्छु सर । म पढेर असल र ठूलो मान्छे हुने मन छ । म ठूलो मान्छे बन्नसक्छु सर । सरले तिमी मेहनत गरेर पढ अवश्य ठूलो मान्छे बन्छौ । निकै आश्वस्त भईन् । सरका कुरा सुनेर ।
घटना न १२
सर म यहाँ प्राध्यापकको घरमा बसेर पढ्दै गरेको हो । त्यहाँ असाध्यै पढ्ने वातावरण छ । मलाई त घर जान मन लाग्दैन । त्यहाँ समयमा खान, राम्रो लगाउन पाएको छु । धेरै काम गर्नु पनि पर्दैन मलाई पढ्ने माहोल छ । गाउँमा भए पढ्न पनि पाइदैनथ्यो । वन, घाँस, दाउरा, मेला पात र छिटै विवाह गरिदिन्थे । बरु यतै राम्रो छ सर मलाई !
दिनभर कक्षाकोठामा अध्ययन गर्ने छात्र छात्राहरू काठमाडौँका विभिन्न स्थानहरूमा नाङ्ले पसल वा फुटपातका स्थानमा साँझ र बिहान आमा बाबुलाई काम सघाएर विद्यालय आउनुपर्ने बाध्यता छ । एकाधलाई छाड्ने हो भने त्यहाँबाट विद्यालय आउने छात्रछात्राहरूको म्चयगउ यगत पनि बढी छ र तिनै कुसङ्गतमा लागेर हिड्नेको सङ्ख्या प्रशस्तै छ । यी र यस्ता सबै खाले घटनाहरू सामुदायिक विद्यालयका प्रतिनिधिमूलक घटना हुन् । अझ यो भन्दा निकै डरलाग्दा र अपत्यारिला घटनाहरू प्रशस्तै छन् । आफ्नो आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका हुन वा दिनभर विद्यालयमा अध्ययन गरेर साँझ बिहान रेष्टुराँ डान्सबारमा काम गर्ने, त्यहाँबाट नै मदिरा सेवन गर्ने प्रारम्भिक चरण सुरु हुन्छ । त्यसबाट अन्य साथीभाइमा हुने प्रभावले विद्यालय शिक्षामा प्रत्यक्ष असर पु¥याउँछ । त्यसैगरी चोक गल्लीमा यत्रतत्र खोलिएका मदिरा पसल र गाजाँ सेवन लागू पदार्थको सेवनबाट कलिलो बाल मष्तिष्कमा गहिरो प्रभाव पर्दछ ।
मुलुकभरका सामुदायिक विद्यालयहरूको अवस्था यस्तो छ । यी घटनाहरू प्रतिनीधिमूलक घटना हुन । शिक्षाको सिद्धान्तले यसलाई कतै स्वीकार्दैन । शिक्षाविद्हरू अबका विद्यालयहरू बालमैत्री, प्रविधिमैत्री, कक्षाकोठामैत्री, शिक्षकमैत्री, अविभावकमैत्री, विद्यालयमैत्री, समाजमैत्री, वातावरण हुनुपर्दछ भन्नुहुन्छ । तर वास्तविकता यस्तो छ ।
अब के गर्ने त ?
क. उपाय सजिलो छ । राज्य पक्षले चाहे । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत आधारभूत तह अनिवार्य र निःशुल्कलाई                 कार्यान्वयन गर्ने ।
ख. सबै विद्यालयको विद्यार्थी मापदण्ड तयार गरी आधारभूत÷माध्यमिक तहको विद्यार्थी सङ्ख्या निश्चित गर्ने, सोहीअनुसार राज्यले सुविधा प्रदान गर्ने ।
ग. सबै सामुदायिक विद्यालयलाई दिवा वा आवासीय के हो तोक्ने आवासीय दिवा भए ८–५ बजे समय अध्यापनको समय निर्धारण गर्ने र खाना खाजाको व्यवस्था गर्ने ।
घ. प्रत्येक सामुदायिक विद्यालयमा विषयगत शिक्षक अनिवार्य व्यवस्था गर्ने, त्यसको साथै नर्स, खेलकुद, सङ्गीत, कला, नृत्य शिक्षकको व्यवस्था गर्ने ।
ङ. सरकारले शिक्षकसँग वार्षिक रूपमा शैक्षिक उपलब्धिको विवरण लिने र लक्ष्य निर्धारण गरे पुरस्कृत गर्ने, नगरे दण्डित गर्ने र सो पारदर्शी र इलष्लिभ कथकतझ बाट गर्ने गराउने व्यवस्था गर्ने ।
च. सरकारले विद्यालयलाई भौतिक संरचना शैक्षिक उपलब्धि, विद्यार्थी सङ्ख्या शिक्षकको योग्यता क्षमताको आधारमा न्चबमष्लन गर्ने ।
छ. सरकारले सीपमूलक शिक्षालाई प्राथमिकता दिई त्यसतर्फ प्रोत्साहन गर्ने र भावि पिढी स्वयम् आत्मनिर्भर भई आर्थिक अवस्था मजबुत बनाउन प्रेरित गर्ने ।
ज. अभिभावक शिक्षा दिने र तिनीहरूलाई रोजगारको अवसरमा प्राथमिकता दिने ।
मुलुकको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३१ मा आधारभूत तह र माध्यमिक तह निःशुल्क पाउने हक हुनेछ भनिएको छ ।
निष्कर्ष
हाम्रो जस्तो भू–बनोट र सामाजिक, आर्थिक, राजनैतिक सांस्कृतिक धार्मिक परिवेश भएको मुलुकमा समय सापेक्ष र वैज्ञानिक पद्धतिबाट शिक्षा नीति तयार गरिनु पथ्र्यो । गरिएन वा गर्न सकिएन । समग्र मुलुकलाई एउटै आँखाले हेरियो । त्यसैकारण शैक्षिक स्तर प्रदेश तहमा फरक फरक पाइयो । यद्यपि मुलुकको शैक्षिकस्तर वृद्धि गर्न विश्व परिवेश अनुकूल बनाउन विभिन्न समयमा थुप्रै नयाँ नयाँ प्रयोग भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । वर्तमान परिवेशमा मुलुक सङ्घीयतामा गएपछि सङ्घीय शिक्षा ऐन र प्रदेश शिक्षा ऐन निर्माण गरी समयसापेक्ष शिक्षा नीति तर्जुमा गर्नु पर्दथ्यो । त्योसमेत गर्न सकिरहेको अवस्था छैन । शिक्षा र स्वास्थ्य राज्यले दायित्व लिर्नुपर्नेमा राज्य यी दुवै क्षेत्रबाट टाढा हुन खोजेको छ । निजी क्षेत्रलाई प्रोत्साहन दिएको सन्दर्भमा शिक्षा दिनानुदिन मङ्हगो र आम नेपाली जनताको पहूँचभन्दा बाहिर पुग्ने निश्चित छ । तसर्थ वर्तमान दुईतिहाईको सरकारले एउटा क्रान्तिकारी निर्णय गरेर शिक्षालाई आम नेपालीको पहुृंचभित्र पु¥याउनुपर्छ । अन्यथा यसले अझ विकराल रूप लिने कुरामा दुई मत छैन ।

यसमा तपाइको मत

Facebook Comment