२०७७/ ३/ २६/ शुक्रवार

 

शैलीमा गोल्डेन सुनगाभा इङ्लिस स्कूल काे ‘ड्याड भर्सेस मम्’

प्रकाशित मिति: २०७६/ १०/ २३/ बिहिवार


काठमाडौं रहेको शैली थ्रिएटरको आयोजकमा माघ २२ गतेदेखि माघ २९ गते सम्म बाल नाट्य महोत्सव सुरु भएको छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाट्य क्षमतालाई प्रस्पुटन गर्नका लागि नाट्य महोत्सवकको आयोजना गरिएको हो । पटकथाको आधारमा विद्यालयको छनोट गरिने महोत्सवमा यस वर्ष १६ वटा विद्यालयका विद्यार्थीहरुले नाटक प्रस्तुत गर्नेछन् ।
शैली थ्रिएटरकै नाटक ‘सुनौलो माछा’ मञ्चन गरेर उद्घाटन गरेको कार्यक्रममा दोस्रो दिन अर्थात आज ‘करेसा र कन्सर्ट’, ‘बेमेल र झगडा’ नाटक मञ्चन हुने छन् । भोलि अर्थात तेस्रो दिन बालबालिका र नाटक सम्बन्धी छलफल तथा अप्रतियोगी नाटक मञ्चन गरिने छ । त्यसैगरि माघ २५ मा ‘अनमाया’, ‘डर’, ‘निष्कासन’, र ‘काँडा कि फूल’ मञ्चन हुनेछन् । माघ २६ गते ‘बिग्रेको’, ‘ड्रग्स एब्युज’ र ‘गरिबको भृगतृष्णा’ नाटक हुने छन् ।
त्यसैगरि माघ २७ मा ‘कति पढिस?’, ‘एक १’, ‘टिका र वृन्दा’ गरि चारवटा नाटक प्रस्तुत हुने छन् । माघ २८ गते ‘बहुला काजीको सपना’, ‘साँचो बोल्नुपर्छ’ नाटक मञ्चन हुने छन् । त्यस्तै माघ २८ गते नै भक्तपुरको दुवाकोटमा अवस्थित गोल्डेन सुनगाभा इङ्लिस स्कूलको प्रस्तुतिमा उक्त विद्यालयका विद्यार्थीद्धारा अभिनित नाटक ‘ड्याड भर्सेस मम्’ पनि हुने भएको छ ।

विद्यालयका नाट्य शिक्षक प्रभाकार न्यौपानेको लेखन तथा निर्देशन रहेको नाटक प्रथम पुरस्कारको दावेदार पनि मानिएको छ । नाटक ‘ड्याड भर्सेस मम्’ ले पारिवारिक विचलनका कारण बालबालिकामा कस्तो प्रभाव पर्छ भन्ने कुरालाई देखाउन खोजेको लेखक तथा निर्देशक प्रभाकार न्यौपानेले जानकारी गराएका छन् ।
छनोटका लागि आवेदन दिएका ३५ विद्यालयबाट १६ पटकथा छनोट भएका छन् । विद्यार्थीको क्षमता प्रस्पुटन गर्न हरेक वर्ष नाट्य महोत्सव भइरहेको नाट्य महोत्सवका संयोजक सुवास सुवेदीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Facebook Comment