२०७७/ ३/ २७/ शनिवार

 

‘प्रेमगीत–३’को ‘हात्ती ढुङ्गामा’ ट्रेन्डिङ नम्बर १ मा

प्रकाशित मिति: २०७६/ १०/ २३/ बिहिवार

नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत-३’को पहिलो गीत छोटो समयमै ट्रेन्डिङ नम्बर १ मा आउन सफल भएको छ ।
गत मंगलबार मात्रै ओएसआर मुभिजबाट सार्वजनिक गरिएको ‘हात्ती ढुङ्गामा’ गीतको भिडियो ट्रेन्डिङ नम्बर एकमा आउन सफल बनेको हो ।
रिलिजमा आएको २४ घण्टामै ‘हात्ती ढुङ्गामा’ गीतको भिडियोले ११ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया पाइरहेको यस गीतको भिडियोले ६१ हजार भन्दा बढी लाइक्स पाइसकेको छ, भने सात हजार भन्दा बढी सकारात्मक कमेन्ट पाइसकेको छ ।
सार्वजनिक ‘हात्ती ढुङ्गामा’ गीतलाई मेलिना राई र सागर आलेले स्वरबद्ध गरेका हुन् । हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
निर्माता तथा निर्देशक सन्तोष सेनले छोटो समयमै सिनेमाको गीतको भिडियो ट्रेन्डिङमा आएपछि खुसी व्यक्त गर्दै दर्शकहरुलाई आभार प्रकट गरेका छन्। नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुती फरक शैलीमा प्रस्तुत गरिएको छ।
‘प्रेमगीत–३’ (अ फर्बिडन लभस्टोरी)लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
वर्षकै बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापालगाएतको मुख्य भूमिका रहेको छ 

गितकाे भिडियाे 

यसमा तपाइको मत

Facebook Comment