२०७७/ ३/ २३/ मङ्गलवार

 

त्रिभुवन विमानस्थलमा आगलागी

प्रकाशित मिति: २०७६/ १०/ २८/ मङ्गलवार

काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफी सपमा आगलागी भएको विमानस्थलका एसपी दानबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफी सपमा आगलागी भएपछि विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ। उक्त आगलागी नियन्त्रणका लागि चारवटा दमकलको प्रयोग गरिएको प्रहरीको भनाई छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Facebook Comment