२०७७/ ३/ २७/ शनिवार

 

“कोठामा बोइफ्रेन्ड गर्लफ्रेन्डसंगै भए पछि सेक्स हुदैन त ? हुन्छ नि ।आलु मान्छे ।“

प्रकाशित मिति: २०७६/ ११/ १२/ सोमवार

बाबुराम निराैला
“कोठामा बोइफ्रेन्ड गर्लफ्रेन्डसंगै भए पछि सेक्स हुदैन त ? हुन्छ नि ।आलु मान्छे ।“ यसो भनेर मेरो काधमा राखेको उसको सिर मुस्काउदै फर्काइ । उ भन्दै गइ “म प्रतापलाइ सारै माया गर्छु । उ संग धेरै गुनासाहरु पनि छन तर म कैले सुनाउनपाउदिन। म  उसलाई भेट्न यति आतुर हुन्छु कि उ ढोकामा आउने बितिकै मन को भडास पोख्नु अगाडी म उसको ओठमा मेरो ओठ राखी दिन्छु ।अनि केहि भन्न र सुन्न बाFकी रहदैन ।“ हजुरआमाको  दन्त्य कथा सुनिरएको बालक झैँ म उसको कुरा सुनी रहे । यति भनि सक्दा उसको हात मेरो हातमा अनि टाउको मेरो काधमा हुन्छ । उ मलाई पुलुक्क हेर्छे र एउटा लिप किस दिन्छे ।सम्बवत अन्तिम र छैटौ किस।
सामान्य दुइ दिने चिनजान पछि पहिलो चोटी म  उसको छेउमा थिए । साझको बेला अनि बसको सिट। उ झ्याल बाहिर हेरी रएकी थि ।उसको हातमा  भएको मोबाइलमा पिलिक पिलिक लाइ{टडिस्प्ले हुदै थियो। उ मोबाइलचेकगर्थी अनि फेरी बाहिर हेर्थी।इन्टरभिउको लाइन मा  बसेको बेरोजगारको जस्तो मुहार भएको  थियो,मैले “कल रिसिभगर” भनि  हाले ।उसले मलाई पुलुक्क हेरी र उतै फर्की। “बोइफ्रेन्डकै भए पनि उठाउदा हुन्छ । म कान थुन्छु  नि।“  मैले आफ्नो कान थुने जसो गरेर जिस्काए। “बोइफ्रेन्डभए पो कलआउछ “ भन्दै एउटा फिस्स हासो छोडी।
समय संगै,हासो संगैको बोइफ्रेन्डभएपो , हासो संगैको बोइफ्रेन्डछ मा पुग्यो।सम्बन्ध नजिक आयो।अब उसले आफ्नो सिर  राख्न मेरो काध र हात राख्न मेरो हात सहजै पहुथी।अझ उसका लागि त उसैको मात्र अधिकार छ। अब मलाई बन्ध कोठामा उ र उसको बोइफ्रेन्डबीच हुने क्रिडा पनि चलचित्रको पटकथा जसरि थाहाहुन थाल्यो। उ भन्थी म  सुन्थे ।अनि तेही घनिष्टतामा  डुब्दा डुब्दै “टङ्ग किस इज जस्ट फर हिम “ भन्दै मलाई पहिलो चोटी लिप किस गरि।
“तिमि मलाई छोडेर जादैनौ नि?” उसको यो प्रस्न को जवाफ खै कसरि दिउ।छोडेर जान उसले हात समात्ने अधिकार त दियोस्। उ सोद्दै गई “ यदि मेरो प्रताप सग ब्रेक अप भयो भने तिमि मलाई सुइकार्छौ?” खै उसले कस्तो प्रस्न गरि कि म भगवान सग यस्तै होस् भनेर मग्न पनि सक्दिन। “मौका त देउ” बाहेक केहि भन्न सकिन। “तिमि हाम्रो सम्बन्ध बाट के चाहन्छौ?” खै  अधिकार बिनाको सम्बन्ध बाट के  चाहनु मात्र उसको खुसि, अनि भनि दिए “म  मेरी गर्लफ्रेन्डले म बाहेक अरु पुरुषलाई किस गरोस चहादिन” यसो भनि रहदा उ मलाई किस गर्नै लागेकी थि ।हत्तन  पत्त मुख बटारि  ।उ  संगको मेरो सातौ किस अपुरै रयो ।अपुरो त अब सम्बन्ध रह्यो ।उ उठेर हिडी सकेकी थि।

यसमा तपाइको मत

Facebook Comment