२०७७/ ३/ २७/ शनिवार

 

भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण

प्रकाशित मिति: २०७७/ १/ १९/ शुक्रवार

हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।
विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।
कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले आफ्नो स्वस्थ्यमा सुधार आइरहेको बताए । अहिले आफु पहिलाको भन्दा सहज महशुस गेन थालेको सुवासले बताएका थिए ।
कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।
सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।

यसमा तपाइको मत

Facebook Comment