२०७७/ ३/ २७/ शनिवार

 

आलुको नालीबेली : कहाँबाट सुरुभयो, कसरी विश्वभरी फैलियो ?

प्रकाशित मिति: २०७७/ १/ १९/ शुक्रवार

सन् १९५७ मा फ्रान्सेली दर्शनिक तथा साहित्यिक आलोचक रोला बार्थले चिप्सलाई ‘देशभक्त’ बताएका थिए । सय वर्ष पहिले आलुमा लागेको एक रोगले केही वर्षमा नै आयरल्याण्डको आधा आवादी नष्ट गरिदिएको थियो । अहिले चीन, भारत, रुस र युक्रेन विश्वका प्रमुख आलु उत्पादक मुलुक हुन् ।
आलुसँगै यी मुलुकको आन्तरिक सम्बन्ध पनि जटिल छ । तर, यीमध्ये कुनै पनि मुलुकले आलु मूलरुपमा आफ्नो भएको दाबी भने गर्न सक्दैनन् । ८ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलुको खेती ? गरिएको थियो । सन् १५०० पछि यसलाई यूरोपमा ल्याइएको थियो । यहाँबाट यो पश्चिम र उत्तरतर्फ फलिँदै गयो र अमेरिका पुग्यो।
आलुको कथा
खाद्य इतिहासकार रेबेका अर्ल भन्छिन्, ‘आलु विश्वभर पाइन्छ र सबैले यसलाई आफ्नो सम्झिन्छन् ।’ उनी यसलाई विश्वको ‘सबैभन्दा सफल प्रवासी’ मान्छिन् । किसान र ग्राहक कसैले पनि यसको उत्पत्ति भएको स्थानबारे त्यति धेरै ध्यान दिँदैनन् ।
अमेरिका, इटाली र पेरु सबैतिर आलु आफ्नो मुलुकमा उत्पत्ति भएको दाबी गरिन्छ । तर आलुको कहानी कुनै एक देश वा भूगोलको होइन । यसको कहानीले पछिल्लो केही पुस्तामा मानिसले जमिन र खानासँग आफ्नो सम्बन्ध कसरी परिवर्तन गरेका छन् भन्ने देखाउँछ ।
आलु कति आवश्यक ?
चामल, गहुँ र मकैपछि आलु विश्वको चौथो सबैभन्दा महत्वपूर्ण उत्पादन हो । अन्नबाहेकको क्षेत्रमा आलुको स्थान पहिलो नम्बरमा छ । आलुको सफलताको पछाडि यसको पौष्टिकता, सजिलो खेती र जमिनभित्र रहने भएकाले यसको सुरक्षा लगायत कारण छन् ।
आलुको उत्पत्तिलाई बुझ्ने एक सही स्थान हो – इन्टरनेशनल पोटेटो सेन्टर (सीआईपी) । यहाँ आलुसँग जोडिएका सबै किसिमको शोधहरु हुन्छन् । पेरुको राजधानी लीमाको एक उपनगरमा बनाइएको यो केन्द्रमा आलुका हजारौं किसिमको नमूना पाइन्छन् ।
आलुको खेती सबैभन्दा पहिला पेरुको लिमाभन्दा करिब हजार किलोमिटर दक्षिण–पूर्वमा टिटिकाका तालनजिकै शुरु भएको थियो । आलु छिटै नै पहाडीमा रहने इंकासहित स्वदेशी समुदायको सबैभन्दा महत्वपूर्ण खाना बन्यो । आलुलाई चिसो बनाएर सुकाएर बनाइने चुनो धेरै लामो समयसम्म रहन्थ्यो ।
अमेरिकाभन्दा बाहिर
सन् १५३२ मा स्पेनको आक्रमणमा इंका समुदायको विनाश भयो । तर, आलुको खेती भने त्यसपछि पनि जारी रह्यो । स्पेनका मानिसले यसलाई समुद्र पार गराए । यसरी नै उनीहरुले टमाटर, एबोकाडो र मकै लिएर गएका थिए । इतिहासकार यसलाई ‘द ग्रेट कोलम्बियन एक्सचेन्ज’ बताउँछन् । इतिहासमा पहिलोपटक आलु अमेरिकाभन्दा बाहिर पुगेको थियो । एन्डिजबाट ल्याइएको आलु स्पेन र यूरोपको मुख्य हिस्सामा उम्रिनु त्यति सजिलो पक्कै पनि थिएन । आनुवंशिकीका वैज्ञानिक हर्नन ए. बर्बानोका अनुसार आलुको बिरुवामा एन्डिजमा १२ घण्टा लाग्थ्यो ।
यूरोपमा गर्मीको लामो दिनमा आलुको विरुवालाई भ्रमित गर्‍यो  र गर्मी महिनामा बढ्न सकेनन् । पतझड र चिसो मौसममा आलुको विरुवा पनि बाँच्न मुश्किल थियो । यूरोपमा आलुको खेतीको पहिलो दशक असफल रह्यो ।
आयरल्याण्डमा आलुको सबैभन्दा राम्रो मौसम पाइयो । यहाँको चिसो तर हिउँ नहुने मौसममा खेती तयार हुने पर्याप्त समय मिल्यो । किसानहरुले यहाँ आलुको लागि एक किसिमको समय तयार गरे, जुन गर्मीयामको शुरुआतमा तयार हुन्थ्यो । यहाँबाट नै आलु किसानको प्रमुख खेती बन्न थाल्यो ।
पौष्टिक खाना
किसानले आलुलाई महत्व दिए किनकी यसबाट उनीहरुलाई उल्लेख्य पौष्टिकता मिल्थ्यो । आयरल्याण्डमा भाडाको जमिनमा खेती हुन्थ्यो । जमिनको भाडान जमिनदारले बढाइदिए । यस्तोमा किसान कम जमिनमा धेरै उत्पादन हुने खेतीको खोजीमा थिए ।
समाजशास्त्री जेम्स लेंगका अनुसार प्रतिएकड जमिनमा आलु ज्यादा उत्पादन हुने अर्को कुनै उत्पादन थिएन । यसमा मेहनत कम थियो र यसलाई राख्न पनि सजिलो थियो ।
भिटामिन ए र डीलाई छाडेर आलुमा सबै प्रमुख भिटामिन र पोषक तत्व पाइन्छ । जीवन बचाउनको जुन क्षमता आलुमा छ, त्यो अरु कुनै उत्पादनमा छैन । आलुको प्रत्येक १०० ग्राममा दुई ग्राम प्रोटिन हुन्छ ।
१७ औं र १८ औं शताब्दीमा एक एकड जमिनमा आलुको खेती र एक गाईको दूधबाट ६ देखि ८ जनाको परिवारलाई पूरा वर्षको खाना पुग्यो । कुनै पनि दोस्रो उत्पादनबाट यो सम्भव छैन । आयरल्याण्ड र बेलायतका किसानले आलुसँग अटूट सम्बन्ध बनाए ।
बेलायतबाट आलु यूरोपसम्म फैलियो । सन् १६५० सम्म आलु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्वर्गसम्म फैलिएको थियो । १७४० सम्ममा जर्मनी, पोल्याण्डसम्म र सन् १८४० मा रुससम्म फैलिएको थियो । किसानहरुले आफ्ने अनुकूलताको हिसाबमा यसको प्रकार विभाजन गरे र आलु फैलिँदै गयो ।
आलुको फाइदा
अष्ट्रियाका उत्तराधिकारको युद्ध र (इंगल्याण्ड–फ्रान्स) सात वर्ष युद्धको समयमा किसानलाई आलुमा थप फाइदा देखियो । यसमाथि कर लगाउनु र युद्धमा यसलाई नष्ट गर्नु मुश्किल थियो ।
अरु खेती लुकाउन नसकिने भए पनि आलुको लागि भने कुनै समस्या देखिएन । यसलाई आवश्यकता अनुसार बिस्तारै निकाल्न सकिने भएकाले खेती उठाउने बेलामा तिर्नुपर्ने करको कुनै समस्या भएन । त्यसपछि आलुको खेती युद्धमा पनि सुरक्षित रहँदै आयो ।
पोषण र शक्ति
खाद्य इतिहासकारका अनुसार आलुको पोषक गुणले मानिसलाई यसलाई स्वीकार्न सहयोग गरेको हो । तन्दुरुस्त र शक्तिशाली मानिस आफ्नो खानालाई सन्तुलित बनाउन पनि मानिसहरुले यसको प्रयोग गर्न थाले ।
आलुको खेतमा फलेको खाना गहुँको खेतमा फलेको भन्दा राम्रो हुने द वेल्थ अफ नेशन्समा एडम स्मिथले लेखेका थिए । तर आलु उत्पादनको काम भने कुलीन वर्गले भन्दा पनि किसानले शुरु गरेका थिए । स्मिथले १८ औं शताब्दीमा पनि आलुमा पौष्टिकताको कुरा गरेका छन् ।
जबकी त्यो समयमा मानिसहरु भिटामिन, प्रोटिन र खनिजको विषयमा पनि सहमत थिएनन् । यस्तोमा उनले आलु खाने मानिस धेरै बलियो हुने लगायतका कुरालाई मापन गरिएको बताएका छन् । १७०० पछि आलु खाएको फ्रान्सेली सेना केही अग्ला देखिएका थिए ।
यस्तो पनि दाबी छ कि आलु आएपछि यूरोप र एसियाको जनसंख्यामा पनि वृद्धि भएको थियो । पर्याप्त मात्रामा आलु खाएको कारण सन् १७५० देखि १९५० को बीचमा केही यूरोपेली मुलुकले बाँकी विश्वमा प्रभुत्व जमाएको इतिहासकारहरु बताउँछन् ।
एन्डिजमा
सन् १८४५ र १८४९ को बीचमा आयरल्याण्डमा देखिएको भोकमरीले आलुको विस्तारमा रोक लगाइदियो । खेती राम्रो नभएको र लण्डनको सरकारले वेवास्ता गरेको कारण १० लाख मानिसले ज्यान गुमाए । १० लाख मानिस अमेरिका पलायन भए भने २० लाख मानिस अर्कै ठाउँमा बसाइँ गए ।
केही दशकमा नै आयरल्याण्डको आवादी आधा भयो । आनुवंशिक विविधता कम भएसँगै आलुमा रोग लाग्ने खतरा पनि बढ्यो । १७५० को दशकमा यूरोपमा केही प्रकारको मिश्रण भइसकेको थियो । आलुको आनुवंशिक गुणको अध्ययन गर्ने टोलीका एक सदस्यले एन्डिजको प्राचीन आलुको प्रकारलाई दक्षिण–मध्य चिलीबाट ल्याइएको आलुमा मिसाइएको थियो ।
यो आलु दक्षिण गोलार्धमा हुने लामो दिनका लागि अनुकूल थियो । कृषि वैज्ञानिक पछिल्लो केही वर्षयता आलु किसानको लागि खाद्य सुरक्षा राम्रो बनाउने तरिकाको खोजीमा छन् । अहिले एन्डिजमा अझै पनि आलुको प्राचीन प्रकारहरु उपलब्ध छन् । त्यहाँ आलुको १५१ प्रकार पत्ता लागेका छन् ।
यी प्रकार सयौं वर्षदेखि मानिसको भोक मेटाउँदै गर्दा आफ्नो आनुवंशिक विविधता गुमाउने आलुका पुर्खा छन् । २० औं शताब्दीमा वैज्ञानिकहरुले नै आलुको आनुवंशिक गुणलाई जंगली आलुसँग मिसाउन थाले । उनीहरु उत्पादन क्षमता बढाउन थाहन्थे ।
जलवायु परिवर्तन
हालै गरिएको एक अध्ययनले कार्बन उत्सर्जन बढ्नाले सन् २०८५ सम्म आलुको उत्पादनमा २६ प्रतिशतको कमी आउन सक्ने देखाएको छ । जंगली प्रजातिका आनुवंशिक गुण चिसो, सुख्खा वा तापमानमा वृद्धि जस्त मौसमको सामना गर्न सहायक हुन सक्छन् । यूरोप, अमेरिका र एसियाका वैज्ञानिकहरु वर्षौंदेखि यस्तै प्रतिरोधी क्षमता भएको आलु विकास गर्ने प्रयास गरिरहेका छन् ।
विश्वका प्रमुख २० आलु उत्पादक मध्ये केवल तीन (अमेरिका, पेरु र ब्राजिल) नै यो ऐतिहासिक श्रृंखलासँग जोडिएका छन् । तर, अहिले प्रत्येक मुलुक आलुसँग आफ्नो सम्बन्ध बनाइरहेका छन् । चीन सरकार आलुलाई आक्रामकरुपमा बढावा दिइरहेको छ । चीन यसलाई प्रमुख खेती र प्रमुख भोजन बनाउन चाहन्छ । चिनियाँ नेता अहिले १८ औं शताब्दीको यूरोपेली कुलीन वर्गको रणनीति अपनाइरहेका छन् ।
राष्ट्रिय गौरव
आलुको विषयलाई लिएर अहिले पेरु र चिलीको बीचमा उक होड पनि मच्चिएको छ । यी दुवै मुलुकले आलुमा आफ्नो दाबी पेश गरिरहेका छन् । पेरुले आलु खेती सबैभन्दा पहिला आफ्नो मुलुकमा शुरु भएको दाबी गरेको छ ।
चिलीका एक मन्त्रीले सन् २००८ मा विश्वभर जति प्रकारका आलु छन्, त्यसमध्ये धेरैजसो चिलीमा भएको बताएका थिए । इन्टरनेशनल पोटेटो सेन्टरका शोधकर्ता चाल्र्स क्रिसमेनले सन् २००७ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा आलुको खेती सबैभन्दा पहिला शुरु भएको स्थानमा अहिले पेरु रहेको बताएका थिए ।
पेरुले सन् १९७१ मा इन्टरनेशनल सेन्टर बनाएर पहाडमा बस्ने स्वदेशी समुदायसँग मिलेर आलुको आनुवंशिक विरासतलाई संरक्षित गरेर राखेको छ । पेरुको एन्डिज पहाडको कुस्कोको पोटेटो पार्कमा आलुको एक संग्रहालय छ ।
यहाँको प्राकृतिक वातावरण आलु कहाँबाट आयो र कता जाँदैछ भन्ने कुराको याद दिलाउँछ । कुस्कोबाट दुई घण्टाको दूरीमा आलुको वर्तमान र भविष्यको नयाँ तस्वीर देख्न सकिन्छ । १२ हजार फीट उचाइमा बनेको मिल रेष्टुरेन्टमा आलुका करिब ५ हजार प्रजातिको खाना चाख्न सकिन्छ।

यसमा तपाइको मत

Facebook Comment