२०७७/ ३/ २७/ शनिवार

 

गणित शिक्षक शिक्षिकाहरुलाई नि:शुल्क रुपमा ICT तालिम सप्पन्न

प्रकाशित मिति: २०७७/ २/ ४/ आइतवार

काठमाडौँ । Try For Learn Pvt. Ltd. ले कोभिड- १९, महामारीका कारण एकान्त बसाईमा रहनु भएका गणित शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको छ । Geogebra र Virtual Whiteboard केन्द्रित ICT तालिम दिई अझै सृजनशील बनाई पठनपाठनलाई प्रयोगात्मक, विद्यार्थी केन्द्रित र ब्यवहारिक बनाउन टेवा पुगोस् भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको आयोजकले बताएको छ ।

यहि मिति २०७७ साल बैशाख २२ देखी अन्लाईन मार्फत ७ दिन सम्म संचालन गरिएको उक्त कार्यक्रममा देशै भरिका गणित शिक्षकशिक्षिकाहरुको उत्साहजनक र सकृय सहभागिता रहेको र शिक्षक शिक्षिकाहरुमा प्रबिधिको उपयोग गरेर कथित गाह्रो गणित बिषयलाई सहज रुपमा शिक्षण गर्न सकिदो रहेछ भन्ने भावना पैदा भएको कुरा कार्यक्रम संयोजकले बताउनु भयो ।

गणित शिक्षक रुपेश सिंह बोहराको संयोजकत्त्वमा सप्पन्न भएको प्रमाणपत्र बितरण एवं समापन कार्यक्रममा प्रमुख अतिथि- त्रिभुवन विश्वविद्यालय, ICT शिक्षा बिभागका विभागीय प्रमुख स. प्रा. डा. वेद प्रसाद ढकाल, विशिष्ट अतिथि – प्रबिधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष, भुपती बस्याल, अतिथि-वरिष्ठ केन्द्रिय उपाध्यक्ष नवीन कुमर कंडेल, अन्य पदाधिकारी संगै १०० बढी शिक्षकशिक्षिकाहरुको सहभागीता रहेको थियो ।

तालिमका मुख्य सहजकर्ता एवं Try For Learn Pvt.Ltd. का प्रबन्ध निर्देशक जनक सिंह कार्की रहनु भएको थियो । तालिम अवधिभर करिब १८७ शिक्षकशिक्षिकाले सक्रिय सहभागीता जनाएकोमा समापन कार्यक्रममा सिकाइ अनुभव राख्दै धनगढी उ. मा. बि , कैलालीकी गणित शिक्षिका राधा बिस्टले प्रविधिको उपयोग गरि गणित शिक्षणलाई प्रयोगात्मक, रचनात्मक र विद्यार्थी केन्द्रित बनाउन उर्जा मिलेको बताए ।

त्यसैगरि पोखराका शिक्षक स्थिर बाबु सुवेदीले पनि तालिम निकै लाभदायी भएको भन्दै नि:शुल्क र समय सुहाउँदो तालिमका लागि आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक बोहराले सक्रिय सहभागीताका लागि सहभागी शिक्षकशिक्षिकालाई धन्यवाद ज्ञापन गर्दै सिकेको सीपको उपयोग गर्दै गणित शिक्षण, रचनात्मक र प्रभावकारी हुने बिश्वास ब्यक्त गर्दै Try For Learn Pvt. Ltd. ले ICT को उपयोगलाई शिक्षक संगै विद्यार्थी र अभिभावक सम्म पुर्याइ गणित संगै अन्य बिषयहरुको शिक्षण सिकाईलाई सहज, सरल, रचनात्मक र ब्यवहारिक बनाउन निरन्तर लागिपर्ने बताए ।

यसमा तपाइको मत

Facebook Comment