२०७७/ ३/ २३/ मङ्गलवार

 

आफ्ना प्रमुख राजनीतिक सल्लाहकारको बेलायती प्रधानमन्त्रीबाट बचाउ

प्रकाशित मिति: २०७७/ २/ ११/ आइतवार

बेलायत । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शनिबार विपक्षी दलहरुको आफ्नो प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्सको राजीनामा सम्बन्धी माग अस्वीकार गरेका छन् ।

विपक्षी स्कटिश नेस्नल पार्टी र लिबरल डेमोक्र्याटले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डोमिनिक क्यूमिङ्सको राजिनामा माग गरेका थिए ।

क्यूमिङ्सकी श्रीमतीमा कोरोना भाइरस लक्षण देखिएपछि लकडाउनको समयमा समेत उनीहरु आइसोलेसनका लागि लनडनदेखि ४०० किलोमिटर टाढा डरहममा आमाबाबुको घर पुगेका थिए । लेबर पार्टीले भने यसका लागि प्रधानमन्त्रीको कार्यालयसँग स्पष्टिकरण मागेको थियो ।

क्यूमिङ्स आफ्नो ४ बर्षे छोराको हेरचाह सुनिश्चित गर्नका लागि यात्रा गरेको भन्दै क्यूमिङ्सको बचाउ गरेको छ ।

‘मैले यथोचित र कानूनी रुपमा व्यवहार गरेको छु’, क्यूमिङ्सले आफ्नो निवास बाहिर पत्रकारहरूसँग कुरा गर्दै भने ।

बेलायती प्रधानमन्त्रीको कार्यालाय डाउनिङ स्ट्रीटले क्यूमिङ्सको काम कोरोना भाइरस दिशानिर्देशनको अनुरूप भएको बताएको छ ।

डाउनिङ स्ट्रीटले द गार्जियन र द मिरर समाचार पत्रले क्यूमिङ्सप्रति झुटो आरोप लगाउदै समाचार प्रकाशन गरेको जनाएको छ ।

क्यूमिङ्सको बर्खास्तीको माग गरिरहेको लेबर पार्टीले उक्त विषयमा छानबिनका लागि देशको वरिष्ठ सिभिल कर्मचारी मार्क सेडविलसमक्ष आग्रह गरेको छ ।

‘बेलायती जनताले उनीहरुका लागि एउटा नियम र प्रधानमन्त्रीको वरिष्ठ सल्लाहकारका लागि अर्को नियम बन्ने अपेक्षा गर्दैनन्,’ लेबर पार्टीले भनेको छ ।

यसमा तपाइको मत

Facebook Comment