२०७७/ ३/ २७/ शनिवार

 

पूर्व सांसद सुतिहारको पहलमा मास्क र साबुन वितरण

प्रकाशित मिति: २०७७/ २/ २५/ आइतवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद सकलदेव सुतिहारको पहलमा सप्तरीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मास्क र साबुन वितरण गरिएको छ ।

पूर्व सांसद सुतिहारले काठमाडौंमा नै रहेर पनि जिल्लाका लागि पहल गरेका हुन् । उनको सक्रियतामा हालै सप्तरीको कञ्चनरुप नगरपालिकामा ५ सय थान मास्क र ५ सय थान साबुन वितरण गरिएको छ । सुतिहारले सामग्रीका लागि आफ्ना साथी महेश अग्रवालले सहयोग गरेको जनाएका छन् ।

उनले फेसबुकमार्फत सहयोग गरेकोमा अग्रवालप्रति आभार व्यक्त गरेका छन् । सप्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापति तथा मेयरका प्रत्यासी ललनप्रसाद गुप्ताले पनि नेता सुतिहारले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

सुतिहारकै पहलमा यसअघि २ नम्बर क्षेत्रमा पनि २६ सय ५० थान मास्क र १५ सय ७५ थान साबुन वितरण गरिएको थियो । २ नम्बर क्षेत्र सुतिहारको निर्वाचन क्षेत्र हो । यहाँ एउटा नगरपालिका र तीन गाउँपालिका रहेका छन् ।

नेता सुतिहारले विभिन्न व्यक्तिको सहयोगमा सामग्री वितरण गरिएको बताए । आफू जनताको मान्छे भएकाले जिल्लाका लागि केही सहयोग गरिएको उनको भनाई छ । सुतिहार २०७० सालको संविधानसभामा सरकारको सिफारिसमा राष्टपतिद्धारा मनोनीत सांसद हुन् ।

यसमा तपाइको मत

Facebook Comment