२०७७/ ३/ २७/ शनिवार

 

आफ्नै मन्त्रीविरुद्ध किन जाइलागिन् पूर्वमन्त्री रोका ?

प्रकाशित मिति: २०७७/ २/ २५/ आइतवार

काठमाडौं । विपक्षीले संसदमा सरकारको विरोध गर्नु त सामान्य हो तर सत्तापक्षका सांसदले नै सरकारको विरोध भने कमैमात्र गर्छन् । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी सांसद् तथा पूर्वमन्त्री कमला रोकाले शनिबार प्रतिनिधिसभाको बैठकमा मन्त्री र मन्त्रीले ल्याएको वजेटको खुलेरै विरोध गरिन् ।

नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी उनले मन्त्री जिल्लाको मात्र भएको आरोप लगाइन् । उनले मन्त्री देशको अभिभावक बन्न नसकेकोमा दुःख व्यक्त गरिन् । सरकारले हालै प्रस्तुत गरेको बजेटमाथिको धारणा राख्ने क्रममा उनले यसो भनिरहँदा आफुलाई निकै दुःख लागेको बताएकी थिइन् । सांसद रोकाले बजेटले सबैलाई न्याय गर्न नसकेको र संघीयताको मर्म अनुसार नभएको पनि टिप्पणी गरिन् । आफुले जितेको रुक पूर्वमा आर्थिक, सामाजिक, पर्यटन, रोजगार, कृषि र अन्य क्षेत्रको प्रशस्तै सम्भावना रहेको भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ । बजेट आउनुअघि आफूले विभिन्न मन्त्रालयमा दिएका योजना बजेटमा समावेश नगरिएकामा पनि उनको आपत्ति छ ।

उनले रुकुम पूवर्मा यार्सागुम्वा, पाँचऔलेलगायतको सम्भावना भएकाले त्यसलाई मूल्यांकन गर्दै बन अनुसन्धान संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि पनि सरकारसँग माग गरिन् । उनले जिल्लामा रहेका पोखरी र पर्यटकीय स्थललाई संरक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । जिल्लाको विकासमा सक्रिय भएर पटकपटक संसद र अन्य ठाउँमा आवाज उठाइरहने उनले जिल्लामा एयरपोर्ट बनाउनसमेत माग गरिन् । जिल्लामा ३ जनामा कोरोना भाइरस संक्रमण देखिएकामा चिन्तित उनले उनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिन् । सांसद रोकाले स्वास्थ्य परीक्षणको दायरा बढाउन समेत माग गरेकी छिन् ।

यसमा तपाइको मत

Facebook Comment