२०७७/ ४/ २४/ शनिवार

 

धमलाको प्राइम टिभी किन आयो संकट ?

प्रकाशित मिति: २०७७/ ४/ ७/ बुधवार

काठमाडौं । प्राइम टाइम्स टेलिभिजन भन्नेबित्तिकै ऋषि धमलाको नाम जोडिन्छ र सबैले उनकै टिभी हो भन्छन् । धमला यो टेलिभिजनका अध्यक्ष हुन् तर अहिले टिभी संकटमा परेको छ । केही कर्मचारी निकालिएका छन् भने अझै केहीको जागिर पनि छिटै जाने सम्भावना छ ।

समाचार स्रोतका अनुसार लगानीकर्ता देवमान हिराचन र तेजेन्द्र खड्काबीच चरम बिबादले टेलिभिजन नै अस्तव्यस्त बनेको छ । दुवै जनाले आफ्ना तर्फबाट प्रतिनिधिलाई जागिर खुवाएका छन् । समाचार शाखाका सहित लगभग १० जनालाई जागिरबाट निकालिएको छ ।

उनीहरुलाई निकालिएपछि अरु कर्मचारी पनि त्रासमा छन्, यतिमात्र होइन कर्मचारीले केही महिनाको तलव पनि पाएका छैनन् । आफूलाई स्थापित र चर्चित पत्रकार भनिने धमला रहेको टिभीमा नै यस्तो समस्या आएपछि मानिसहरुले कुरा काट्न थालेका छन् । पत्रकारको हकहितको लागि आफू सधैं लागिपरेको दावी गर्ने धमलाको यो अवस्था आएपछि अब टिभी कसरी चल्ला भन्ने शंका सुरु भएको छ ।

टिभीमा धमलाको थोरैमात्र लगानी छ । लगानीकर्ताहरु हिराचन र खड्का दुवै आफ्नो शेयर झिक्ने दाउमा छन् । अहिले टिभीले नयाँ लगानीकर्ताको खोजी गरिरहेको जनाइएको छ । खड्काले बुहारी निलम बज्राचार्यलाई जीएम् बनाएका थिए, उनले पनि जागिर छोडेकी छिन् र त्यो ठाउँमा हिराचनका प्रतिनिधिका रुपमा बैकुण्ठ ढुंगानालाई ल्याइएको छ ।

निलमका श्रीमान अमेरिकामा छन् । टिभी संकटमा पर्दै गएपछि जागिर खान आउने र निस्कनेको ताँती नै लागेको छ । कोही पनि लामो समयसम्म टिक्न सकेका छैनन् । कसैको सोर्सफोर्स र आफ्ना मान्छे राख्ने दाउमा अनुभवी र विषयसँग दक्षभन्दा पनि कमजोर र सम्वन्धित विषय नै नजानेका मान्छेलाई नियुक्ति दिएको पनि आरोप लागेको छ ।

काग्त्यानी चोकमा कार्यालय रहेको टिभीको मासिक भाडा २ लाख रुपैंया तिनुपर्छ, यो घर सिन्धुपाल्चोकका गिरीको हो ।

यसमा तपाइको मत

Facebook Comment