२०७७/ ४/ २४/ शनिवार

 

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

प्रकाशित मिति: २०७७/ ४/ ९/ शुक्रवार

वीरगन्ज । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

मुटु रोगको समस्या भएका उनी निमोनिया भएर अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार कोरोना अस्पताल रिफर गरिएको थियो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएकी उनको कोरोना अस्पताल​को आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Facebook Comment