२०७७/ ४/ २४/ शनिवार

 

सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका युवकको मृत्यु

प्रकाशित मिति: २०७७/ ४/ ९/ शुक्रवार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।

उनको बिहीबार विहान भरतपुर अस्पतालमा ल्याउँदा नै मृत्यु भैसकेको थियो । मृत्युको कारण सेनाको कुटपिट नै भएको परिवारको दाबी छ ।

राजकुमारका बुवा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका हुन् ।

यसमा तपाइको मत

Facebook Comment